अर्थतन्त्रलाई सुधार्ने गरी बजेट आउन सकेन : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अर्थतन्त्रलाई सुधार्ने गरी बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।
बजेटमाथिको छलफलका क्रममा बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला यसलाई नजरअन्दाज गरेर बजेट आएको बताए ।
‘देशका ठुलठुला धनाढ्यहरू, उच्च पदस्थ अफिसर्सहरुले विदेशको ग्रीनकार्ड नागरिकता लिने र नेपालका खर्बौँ रकमहरू अवैध ढङ्गले विदेश पुर्याउने काम गरिरहेका छन्’, उनले भने, ‘यसलाई राज्यले रोक्ने गरी बजेट आउनुपर्थ्यो । देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला यसलाई नजरअन्दाज गरेर बजेट आएको छ ।’
उनले विदेशमा रहेका नेपाली कामदारको रेमिटेन्स हुन्डी कारोबारीहरूले कालो धनसँग साटिरहेको पनि आरोप लगाए । ‘लाखौँ नेपालीले विदेशमा काम गर्छन् तर नेपालले लाभ लिन सकिरहेको छैन’, उनले भने, ‘विदेशको पैसा विदेशमै बस्छ । नेपालमा भने पैसाको ठुलो हाहाकार छ । अर्थतन्त्रलाई सुधार्ने गरी बजेट आउन सकेन ।’
उनले विदेशी नागरिकता लिइसकेकाहरूमाथि सरकारले विशेष निगरानी गर्नुपर्नेमा उनले जोड दिए । विदेशी नागरिकता लिनेको नेपालमा भएको सम्पत्ति राज्यले खोजबिन गर्नुपर्ने पनि उनको भनाइ थियो ।
यस्तै उनले जनतामाथि कर थुुपार्ने काम भएको तर तराई मधेसमा असमान ढङ्गले बजेट वितरण गरिएको भन्दै त्यसमा पनि असन्तुष्टि जनाए ।
उनले भने, ‘बजेट समानताको अनुभूति गर्ने गरी आउनुपर्थ्यो । हिजो सुगम तराई मधेस अहिले मानव विकास सुचकांकमा पछाडि छ, यसबारे हेर्नुपर्छ कि पर्दैन ? ती क्षेत्रलाई विशेष दर्जा दिनुपर्छ ।'
सम्पत्तिको हकको सुरक्षा संविधानले प्रत्याभूत गरेपनि तराई मधेसमा भन्सारको नाममा राज्यले आतङ्क मच्चाइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण