लागु औषधको किन खुलेआम बिक्री वितरण भइरहेको छ भन्दै प्रभु साहले मागे गृहमन्त्रीको जवाफ
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले कानुनले प्रतिबन्ध गरेको लागुऔषधको खुलेआम बिक्री वितरण हुने गरेको भन्दै यसमा कडाइ गर्नुपर्ने बताएका छन् । उनले लागु औषध आउने स्रोतको सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा पनि जोड दिए ।
बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले लागु औषधको किन खुलेआम बिक्री वितरण भइरहेको छ भन्दै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरे ।
‘युवाहरू लागु औषध दुर्व्यसनको सिकार भएका छन् । भर्खरका युवाहरू लागुऔषधको लतमा अगाडि बढिरहेको हामी देखिरहेका छौँ । व्यक्ति परिवार, समाज र राष्ट्रलाई नै नकारात्मक असर पार्ने यसको नियन्त्रण किन भइरहेको छैन हामी जान्न चाहन्छौँ’, उनले भने, ‘नेपालको कानुनले लागु औषध विक्री वितरणमा बन्देज लगाएको छ । तर खुलेआम जहाँत्यही पाइरहेको छ। यो किन भइरहेको छ । सभामुखमार्फत मान्य गृहमन्त्रीको जवाफ चाहन्छौँ ।’
उनले लागु औषध समातिएपछि त्यसको कसरी व्यवस्थापन भइरहेको छ भन्नेबारे आफूहरूले जान्न चाहेको पनि बताए । यसबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण