तस्बिरमा हेर्नुहाेस् प्रधानमन्त्री कार्यालयकै ‘मिडिया सेन्टर’को दुरवस्था
काठमाडौँ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भन्दा २० मिटर पूर्वतर्फ एकतले भवन छ । सेतो रङ लगाइएको उक्त भवनको अगाडितर्फ ‘मिडिया सेन्टर’ लेखिएको देख्न सकिन्छ । तर, पछिल्ला दिनमा सरकारका निर्णयहरू यो सेन्टरबाट सार्वजनिक गरिने गरेको छैन ।
जसले गर्दा प्रधानमन्त्रीको कार्यालयसँगै रहेको ‘मिडिया सेन्टर’ प्रयोगविहीन भएको मात्र छैन यसको औचित्यमाथि नै प्रश्न उठ्न पुगेको छ । मिडिया सेन्टर प्रयोगमा नआउँदा जडित संरचनाहरू भताभुङ्ग र असरल्ल बनेका प्रस्टै देख्न सकिन्छ ।
सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न भनेर स्थापना गरिएको मिडिया सेन्टरको दुरावस्थाबारे कर्मचारीहरूको नजर पर्न सकेको देखिँदैन ।
मिडियाकर्मीहरुको सुविधाका लागि बनाइएको भवनभरि सरसफाईको अभाव देखिन्छ भने शौचालयमा जडान गरिएका धारा फोहोरले छोपिएका देखिन्छन् । जोडिएका धारामा पनि पानी आउँदैन ।
त्यतिमात्रै होइन, मिडिया सेन्टरमा जडान गरिएका लाखौँ रुपैयाँ पर्ने उपकरण यत्रतत्र र दुरावस्थामा पुगेको जोकसैले देख्न सकिन्छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम बाबुराम भट्टराईको पालामा सिंहदरबारमा स्थापना गरिएको यो मिडिया सेन्टरलाई प्रयोगमा ल्याउन सरोकारवालाहरूले ध्यान दिएको समेत देखिँदैन ।
_aaochMnuw7.jpg)
_jjTtEVOG9x.jpg)
_T7hGxAUr9f.jpg)
_vb22pSLIn5.jpg)
_kI5tx2fAMN.jpg)
_Q4xhVTUxWl.jpg)
_7kyPisl3H7.jpg)
_dLckKk0QOn.jpg)
_kTlb9GNZXb.jpg)
_OCMbGw9tAF.jpg)
_yXPDKfwW3a.jpg)
_GHyBideGov.jpg)
_fqSBvOV6oI.jpg)
_YwSAa70bwQ.jpg)
_HNyuliUUKb.jpg)
_HJARvZH58z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण