कार्तिक आर्यनसँग सेल्फी खिच्ने चक्करमा ८२ लाख स्वाहा
काठमाडौँ । बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् । तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् ।
वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झन्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए ।
हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरूका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए । त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।
गोरेगाउँकी ती महिलासाग सन् २०२२ मा कृष्णा शर्मा नामका एक ठगले ८२ दशमलव ७५ लाख रुपैयाँ असुलेका थिए । २९ वर्षे ठगकृष्णाले आफ्नो कथित फिल्म ‘लभ इन लन्डन’मा लगानी गरेमा आफूले कार्तिक आर्यनलाई भेटाइने भन्दै झुटो आश्वासन ती महिलालाई दिएका थिए ।
प्रहरीका अनुसार कृष्णाविरुद्ध अम्बोली, वकोला, मुम्बई हवाई अड्डा, दिल्लीको कोनोट प्लेस र चेन्नईको ई ३ तेनाम्पेटको प्रहरी थानामा कैयौँ धोखाधडीको मुद्धा छन् । प्रहरीमा उनी विरुद्ध परेको उजुरीमा सन् २०२२ देखि जुलाई २०२३ बिच उनले किस्तामा ८२ दशमलव २५ लाख रुपैयाँ प्रोडक्सनलाई आवश्यक भन्दै असुलेका थिए ।कृष्णाविरुद्ध प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
अभिनेता आर्यनको यही जून १४ मा फिल्म ‘चन्दु च्याम्पियन’ रिलिज हुँदै छ । फिल्मलाई लिएर उनका फ्यान उत्साहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण