तिनाउ खोलामा नुहाउन गएका भारतीय युवकको डुबेर मृत्यु
शनिबार, २६ जेठ २०८१, १९ : ०२
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार एक युवकको ज्यान गएको छ । अन्य दुई जना साथीहरूसँगै खोलामा नुहाउन गएका ती युवक डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमद रहेका छन् ।
दिउँसो करिब १२ बजे खोलामा गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीहरूले उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण