बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना

बिहीबार, ११ असार २०८३, २१ : ०७
बिहीबार, ११ असार २०८३

काठमाडौँ। चितवनको भरतपुरमा फुटपाथमा पार्किङ गरेर राखेको प्रहरीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । बिहीबार मकवानपुर स्थित रातमाटे गणको बि एसी ३६४१ नम्बर को पिकअप भ्यानलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

रास्वपाको महाधिवेशन स्थलको सुरक्षामा थप मद्दत लिएर गएका भ्यान चालकले अनधिकृत पार्किङ गरेको भेटिएपछि कारबाही गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए । भ्यान चालकलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

फुटपाथमा सवारी रोकेर प्रहरीकै गाडीले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । थप मद्दतमा गएका प्रहरी कर्मचारी र चालकले खाने क्रममा सो भ्यान फुटपाथमा पार्किङ गरेर राखेको भेटिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप