पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक
लिस्बन । बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सार्वजनिक भएको छ। शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृति हालै सार्वजनिक भएको हो ।
कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो रहेको छ। युरोपको सेरोफेरोमा रहेर लेखिएको यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ।
पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरित अधिकारीका कथाहरू अतियथार्थवाद र यदाकदा जादुई यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पुस्तकको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल अद्वैतमार्ग, काठमाडौँ रहेको छ। पुस्तकको मूल्य नेपालमा ४२५ रुपैयाँ र विदेशमा सात युरो वा डलर राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण