कार्तिक आर्यनले अस्वीकार गरे फेयरनेस क्रिमको विज्ञापन
नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो आगामी फिल्म ‘चन्दु च्याम्पियन’को प्रमोशनमा व्यस्त छन् । हालै सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले ब्रान्ड इन्डोर्समेन्ट नगर्न बताएका छन् ।
केही वर्ष अघि कार्तिकले फेयरनेस क्रिमको विज्ञापनमा पनि खेलेका थिए । तर उनले अब ब्रान्ड इन्डोर्स गर्न बन्द गरेका छन् । फेयरनेस क्रिमको इन्डोर्समेन्ट सम्झौता पनि नवीकरण गराएका छैनन् । अभिनेताले पान मसलाको विज्ञापनमा खेल्न अस्वीकार गरेका छन् ।
कर्तिकले केही समयअघि फेस क्रिमको विज्ञापनमा खेलेका थिए । तर पछि उनले यो बन्द गरे । सोनू के टीटूी स्वीटी फिल्ममा खेलेपछि कार्तिकले सन् २०१८ मा फेयरनेस क्रिमको विज्ञापन खेलेका थिए । यो विज्ञापनमा कार्तिकले केटा पनि गोरो हुन सक्छन् भन्ने कुरालाई प्रोमोट गरेका थिए । तर यसमाथि विवाद सुरु भएपछि कम्पनीले आफ्नो क्रिमको नाम फेर्यो । अनि कार्तिकले पनि विज्ञापन छाडे ।
बारम्बार पान मसलाको विज्ञापनको अफर आएको तर आफूले नगरेको अभिनेताले बताएका छन् । आफूसँग रिलेट नहुने वस्तु दर्शकलाई किन अफर गरुँ भन्ने लागेको उनले बताए । अजय देवगन, शाहरुख खान, टाइगर श्राफ, सैफ अली खान, महेश बाबु लगायत अभिनेताहरू सबैले ब्रान्डलाई इन्डोर्स गर्छन् । केही अघि अक्षयले पान मसलाको विज्ञापन छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण