कराइले हान्दा श्रीमतीको मृत्यु
आइतबार, २७ जेठ २०८१, २२ : ०३

दाङ । आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा रञ्जितले बिहीबार बेलुकी कराइले हान्दा कमला गम्भीर घाइते भएकी थिइन् । कमलाको सिसहनिया प्रस्तावितता स्वास्थ्य चौकी हुँदै क्रिसमन अस्पताल बुटवलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहिणीका लागि भलाकुसारी, स्थानीय तहका लागि आम्दानीको स्रोत बन्दैछन् घट्ट
-
फरेस्टलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगमा
-
लेवान्डोस्की चम्किँदा बार्साको सहज जित
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?