काठमाडौँकाे दुई ठाउँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी
काठमाडौँ । काठमाडौँको दुई ठाउँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । जिल्लाको टोखा र चन्द्रागिरिमा विभिन्न धनमाल चोरी भएको हो ।
आइतबार साँझ काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । कोही नभएको अवस्थामा भण्डारीको कोठाको ताला फोडेर धनमाल चोरी भएको हो । उनकाे काेठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे छ ।
उता, चन्द्रागिरि नगरपालिका–४ खरिबोट डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट पनि धनमाल चोरी भएको छ । तामाङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण