बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
बाँके । बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाति अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ । फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, रसियन भाईपर गरी ४९ वटा सर्प उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये विषालु सर्प अन्तर्गत फेटारा प्रजातिको सर्पको सङ्ख्या १५ रहेको छ भने गोमन सर्पको सङ्ख्या सात रहेको छ ।
त्यसैगरी तीन करेत र तीन कोब्रा प्रजातिका सर्प उद्धार गरिएको छ । चारवटा चित्तल उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिए । उनका अनुसार यस वर्ष एउटा मात्र पाटे बाघको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय बाँकेको अनुसार आव २०७६/७७ मा जम्मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो । आव २०७७/७८ मा ३४ वटा उद्धार गरिएको थियो । त्यसैगरी आव २०७८/७९ मा ३१ वटा वन्यजन्तुलाई उद्धार गरिएको र आव २०७९/८० मा ४२ वटा वन्यजन्तु उद्धार गरिएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
सहायक वन अधिकृत शाहीका अनुसार वन्यजन्तु उद्धारको सङ्ख्या बढ्नुको कारण वन्यजन्तु हिँडडुल गर्ने जैविकमार्ग अतिक्रमणमा परेर मानव बस्ती विकास र भौतिक संरचना निर्माण गरिनु हो । यसका साथै वन्यजन्तु संरक्षणमा चेतनाको विकास भएको हुनाले पनि वन्यजन्तु जीवितै उद्धार गरिएको सहायक वन अधिकृत शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण