छैटौँ पटक मन्त्री बन्दै मनाङे, देवकोटाको पनि आजै शपथ
मङ्गलबार, २९ जेठ २०८१, १० : ३७
पोखरा । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौंपटक मन्त्री बन्दै छन् । सत्ताको अङ्कगणितमा सधैँ निर्णायक बनेका मनाङेले पुनः भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउँदै छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै सरकार विस्तारमा लागेका हुन् । आज मनाङेसँगै नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले पनि शपथ लिने भएका छन् । उनले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने सम्भावना छ ।
फडिन्द्रले माओवादी संसदीय दलको ह्विप नाघेर पाण्डेको पक्षमा मत दिएका थिए । पाण्डेले कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्रको १ र नेसपाको १ सहित ३१ मत पाएका हुन् । सरकारलाई समर्थन गरेको दल राप्रपा केही समयपछि मात्रै सरकारमा जाने बताइएको छ ।नवनियुक्त मन्त्रीहरूको शपथ साढे ११ बजे हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण