सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
मङ्गलबार, २९ जेठ २०८१, १० : ४२
नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार केन्द्रीय सदस्य महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू हस्पिटल पुगेका थिए । मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँ दिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।
महरले नेता सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । नेता महर एक साता दिल्लीमा रहने छन् । महरले नयाँ दिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ४८ औँ स्थापना दिवसको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण