उत्कृष्ट चार तस्बिर पुरस्कृत
काठमाडौँ । अठोट नेपालले आयोजना गरेको दोस्रो पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिताबाट उत्कृष्ट फोटोहरू छानिएका छन् । नेपाल पर्यटन बोर्डमा आयोजित दुई दिने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट फोटोहरू पुरस्कृत भएका छन् ।
प्रिजेन्टिङ नेपाल फोटोग्राफी प्रतियोगितामा ४ सय भन्दा बढी प्रतियोगी सहभागी थिए । झन्डै १ हजार ५ सय तस्बिरहरू मध्ये निर्णायकले विभिन्न विधामा उत्कृष्ट फोटोहरू छनौटमा पारे । जसमध्ये कल्चर र फेस्टबल क्याटागोरी अन्तरगत हरिसुन्दर ख्याजुको तस्बिर पुरस्कृत भएको छ । ख्याजुको भक्तपुरमा मनाइने माधबनारायण फेस्टिबलको तस्बिर छानिएको हो ।
यस्तै वाइल्ड लाइफ र नेचर क्याटागोरी अन्तर्गत लक्ष्मीप्रसाद ङाखुसीको तस्बिर पुरस्कृत भएको छ । पिपुल र लाइफस्टाइल अन्तगत मनिष प्रजापतिको तस्बिर छनौटमा परेको छ ।
‘बेस्ट फोटो अफ द इयर २०२४’ को टाइटल हेमन्त राईले जितेका छन् । उनको क्यामेरामा कैद भएको बाजुराको बडिमालिकाको तस्बिर छनौटमा परेको हो । यो उनको अहिलेसम्म कतै पनि नछापिएको तस्बिर हो । हरेक विधामा पुरस्कृत हुनेलाई नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा ढोरपाटन वडा नम्बर ९ का वडा अध्यक्ष खिम बहादुर घर्ती मगर, कल्पना केसी, पूर्णिमा श्रेष्ठ, जितेन्द्र झाँक्री, बिज्मान्डु डट्कमकी भावना शर्मा यस्तै वरिष्ठ ल्यान्डस्केप फोटोग्राफर जगदिश तिवारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हास्मी, नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम, उद्योग वाणिज्य महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटन व्यवसायी विक्रमकाजी पाँडे लगायतको कार्यक्रममा उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
-
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
-
सांसद बस्नेतले सोधे : नागढुंगा सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण