मधेसका अनुज र कर्णालीकी सरितालाई स्वर्ण
काठमाडौँ । मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रतर्फ अनुज र छात्रातर्फ सरिताले स्वर्ण पदक जितेका हुन् ।
पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुणदत्त रानाले रजत र लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते । सरिताले ४.६१ मिटर जम्प गर्दै स्वर्ण चुमिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बु दोस्रो र गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् र गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको छात्र चार सय मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पुरा गरे ।
त्यो स्पर्धामा मधेसका दीपेश साह दोस्रो र लुम्बिनीका सुशान्त थारु तेस्रो भए । छात्रातर्फ कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । उनले निर्धारित दूरी तय गर्न एक मिनेट ०४.२९ सेकेन्ड समय खर्चिइन् । बागमती प्रदेशकी भगवती खड्काले रजत र लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।
छात्र एक सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । उनले ११.४६ सेकेन्ड समयमा दौड पुरा गरे । मधेसका अर्जुन साह दोस्रो र कोशीका राजन बान्तवा राई तेस्रो भए । छात्रातर्फ गण्डकीकी एन्जल अधिकारी पहिलो भइन् । उन निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत र बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।
एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुङ्गो लाग्दा पाँच प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले दुई तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान एक–एक स्वर्ण हात पारे । प्रतियोगितामा सातवटै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण