राजनीतिमा अपराधिकरण बढ्यो : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको बताएका छन् । बुधबार नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढिरहेको छ,’ उनले भने ।
डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भने, ‘हामी विपक्षमा नै बस्ने हो । सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोशीस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’
उनले देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकार डेढ बर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरूले गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।
राजनीति र सरकारको स्थिरता बिना आर्थिक विकास र सुशासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उनको जोड थियो । नेपाल दुई ठुला देशको बिचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको धारणा थियो ।
अर्को प्रसङ्गमा डा. कोइरालाले संसदबाट बाफिया ऐन आउन लाग्न लागेको उल्लेख गर्दै एउटै व्यक्ति बैंकर्स, विमाको मालिक, व्यावसायी, उद्यमी हुन नसक्ने, लोकतान्त्रिक नहुने भएकाले यसलाई परिमार्जन गरेर जानुपर्ने औंल्याए ।
उनले नेपाल बैंक लिमिटेड राजनीति र व्यवस्थापकिय कमजोरीका कारण केही समस्या आएको भएपनि नेपालमा ठुला ब्यापारीहरुका लागि व्यवसायीक अभिवृद्धिका लागि ठुलो भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले बैंकको भूमिकाको प्रशंसा गर्दै भविष्य उज्वल रहेको औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’