तेस्रो दिन पनि आईटी आर्मीको वैदेशिक रोजगार विभागमा धर्ना
मङ्गलबार, ०४ असार २०८१, १६ : ५०

काठमाडौँ । आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यलाई जारी राखेको छ। मंगलबार तेस्रो दिन पनि विभिन्न मागसहित आईटी आर्मीले विभागमा धर्ना दिएको हो ।
वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन दबाब दिने उद्देश्यका साथ धर्ना थालिएको आईटी आर्मीले जनाएको छ ।
जसअनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने जस्ता मागहरू आईटी आर्मीको छ ।
वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
-
बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
-
बिपी राजमार्ग (फोटो फिचर)
-
‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?