तेस्रो दिन पनि आईटी आर्मीको वैदेशिक रोजगार विभागमा धर्ना
मङ्गलबार, ०४ असार २०८१, १६ : ५०
काठमाडौँ । आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यलाई जारी राखेको छ। मंगलबार तेस्रो दिन पनि विभिन्न मागसहित आईटी आर्मीले विभागमा धर्ना दिएको हो ।
वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन दबाब दिने उद्देश्यका साथ धर्ना थालिएको आईटी आर्मीले जनाएको छ ।
जसअनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने जस्ता मागहरू आईटी आर्मीको छ ।
वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण