एकीकृत समाजवादीका जिल्ला प्रतिनिधि सर्वसम्मत टुङ्ग्याउने कसरत
बारा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औ महाधिवेशनको लागि बारा जिल्ला प्रतिनिधि छनोट सर्वसम्मत रूपमा टुङ्ग्याउने तयारी भइरहेको छ ।
अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ केन्द्रीय महाधिवेशनका लागि आज जिल्लामा प्रतिनिधि छनोट हुँदैछ ।
जिल्लाको ४ वटा निर्वाचन क्षेत्रबाट ३४ जना प्रतिनिधि छनोटका लागि सहमतिको प्रयास भए पनि निर्वाचन प्रक्रियामा जाने कि सहमतिबाट टुङ्ग्याउने भन्ने अन्तिम निर्णय भने नभएको जनाइएको छ ।
प्रतिनिधि छनोटका लागि निर्वाचन क्षेत्र नं १ र २ बाट ५-५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुँदैछन् । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला इन्चार्ज दिनेश राईले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सर्वसम्वद्ध रूपमा प्रतिनिधि छनोट गर्नेगरी छलफल भइरहेको जनाएका छन् । बाराको निर्वाचन क्षेत्र नं १, २ र ३ मा सहमति भए पनि निर्वाचन क्षेत्र नं ४ मा भने अन्तिम टुङ्गो लगाउन बाँकी रहेको जिल्ला इन्चार्ज राईले जनाएका छन् ।
प्रतिनिधि छनोटको क्रममा महिला,दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू अगामी पार्टीको १० औ केन्द्रीय अधिवेशनमा भाग मतदान गर्नुका साथै केन्द्रीय कार्यसमितिको लागि दाबी गर्न पाउनेछन् ।
प्रतिनिधि छनोटको लागि कम्तीमा ३ वर्ष पार्टीको सदस्य लिएको हुनुपर्ने र पार्टीमा पुरानो योगदान गर्नेलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण