आईटी आर्मीको आन्दोलन पाँचौँ दिन पनि जारी
बिहीबार, ०६ असार २०८१, १७ : १८

काठमाडौँ । आजपा निकट आईटी आर्मीले गर्दै आएको आन्दोलन बिहीबार पाँचौँ दिन पनि जारी रहेको छ।
विदेश पठाउने नाममा भइरहेको ठगी रोक्न भन्दै आईटी आर्मीले वैदेशिक रोजगार घेराउसहितको सङ्घर्षका कार्यक्रम गर्दै आइरहेको छ ।
विदेश जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन तथा त्यसमा संलग्नहरूलाई कारबाही गराउन आईटी आर्मीले माग गर्दै आएको छ ।
बेरोजगारको नाममा खुलेआम ठगीको व्यापार भइरहेको र ठगहरूको अगाडि युवाहरू लाचार बन्नुपर्ने अवस्था रहेको भन्दै आईटी आर्मीले पीडितलाई न्याय दिलाउनका लागि आन्दोलन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आईटी आर्मीले आफूहरूको मागहरूलाई सरकारले तुरुन्त सुनवाई गर्न दबाब दिएको छ । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता