आईटी आर्मीको आन्दोलन पाँचौँ दिन पनि जारी
बिहीबार, ०६ असार २०८१, १७ : १८
काठमाडौँ । आजपा निकट आईटी आर्मीले गर्दै आएको आन्दोलन बिहीबार पाँचौँ दिन पनि जारी रहेको छ।
विदेश पठाउने नाममा भइरहेको ठगी रोक्न भन्दै आईटी आर्मीले वैदेशिक रोजगार घेराउसहितको सङ्घर्षका कार्यक्रम गर्दै आइरहेको छ ।
विदेश जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन तथा त्यसमा संलग्नहरूलाई कारबाही गराउन आईटी आर्मीले माग गर्दै आएको छ ।
बेरोजगारको नाममा खुलेआम ठगीको व्यापार भइरहेको र ठगहरूको अगाडि युवाहरू लाचार बन्नुपर्ने अवस्था रहेको भन्दै आईटी आर्मीले पीडितलाई न्याय दिलाउनका लागि आन्दोलन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आईटी आर्मीले आफूहरूको मागहरूलाई सरकारले तुरुन्त सुनवाई गर्न दबाब दिएको छ । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण