फ्राइडे रिलिज : हलमा ‘दान्भी’ र १३ वर्षअघिको ‘आचार्य’
काठमाडौँ । आज शुक्रबारदेखि २ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘दान्भी’ र ‘आचार्य’ । फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ फिल्म हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको फिल्म हो । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै फिल्मका निर्माताहरुले गरेका छन् ।
‘दान्भी’
अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको फिल्म हो ‘दान्भी’ । रूपेश तामाङ निर्देशित फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ ।
पवन राना मगर कार्यकारी निर्माता, देव मगर तथा अनुप गडाल निर्माता रहेको फिल्मको कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन् ।
सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको हो ।
फिल्मको शुक्रबार प्रेस शो समेत आयोजना भएको थियो ।
‘आचार्य’
‘आचार्य’ १३ वर्ष अघि नै निर्माण भएर पनि प्रर्दशनमा आएको फिल्म हो । स्वर्गिय गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले फिल्म फेरि प्रदर्शनमा ल्याइएको हो । सिल्क रोड पिक्चर्सले निर्माण गरेको फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्य थप गरिएका छन् ।
फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन काकीलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
प्रशान्त रसाइलीले निर्देशित फिल्म रोशन राईले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण