ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार
शुक्रबार, ०७ असार २०८१, १५ : ५३
काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।
बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनको टाउको र हातमा चोट लागेको छ ।
उनको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण