बैंकहरुले लिएको मनोमानी व्याज फिर्ता गर्नुपर्छ : प्रभु साह
काभ्रे । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित्त तथा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता हुनुपर्ने बताएका छन् ।
पार्टीको ताम्सालिङ-नेवा प्रदेश कमिटीले शनिवार काभ्रेको बनेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनोमानी ब्याज फिर्ता
गराउन आम जनताले सशक्त सङ्घर्ष गर्ने बताए ।
अध्यक्ष साहले भने, "अहिले देशमा बैंकहरुले आम सर्वसाधारण जनताको बचतको पैसा खुलेआम लुटिरहेको स्थिति छ । बैंकका मालिकहरू नै अन्य विभिन्न व्यापार - व्यवसायमा लगानी गर्न एक-अर्काको बैंकबाट सहुलियत कर्जा लिने तथा नेपाली जनताको करको पैसा र बचतकर्ताको बचत पैसालाई गिरोह बनाएर दोहन गर्न तल्लीन छन् । यो स्थितिलाई बदल्न बैंक मालिकहरूले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गर्नुपर्छ ।"
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै शम्भु प्रसाद तिमल्सिना, वीरबहादुर तामाङ, राजेन्द्र तामाङ, विवेक नेपाली, राजु तामाङ, सानु कान्छा तामाङ, विजय लामा, अशोक श्रेष्ठ लगायतका दर्जनौँ नेता कार्यकर्ताहरु विधिवत रूपमा पार्टी प्रदेश समेत गरेका थिए ।
प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा सम्पन्न जनप्रदर्शनसहितको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव तथा प्रवक्ता चन्द्रभुषण साह, धनकुमारी मगर, सचिव देवी पण्डित, नारायण श्रेष्ठ लगायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण