चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटिए । सडक छेउमा रहेका रुखहरू मासेर नयाँ लेन बनाउने भनियो तर गाडी गुड्ने लेन भन्दा पनि पार्किङ लेनको रूपमा ती क्षेत्र विकास भएका छन् ।
_uqT0lZdgD8.jpg)
काठमाडौँ । सडक विस्तार गर्ने भनेर सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष थुपार्ने र फोहोर सङ्कलन गर्ने स्थान बनेका छन् । २ वर्षभित्र सक्ने गरि कलङ्की-बसुन्धारा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबिच भएको भए पनि अहिले यी ठाउँहरू विरूप र कुरूप बनेका छन् ।
_nDe6aE9M7d.jpg)
चक्रपथ विस्तारका लागि कलङ्कीदेखि ग्रीनसिटी हस्पिटल क्षेत्रसम्म खन्ने काम बाहेक केही भएको छैन । घाम लाग्दा धुलो र पानी पर्दा हिलो त यो सडकखण्डको विशेषता नै बनिसकेको छ । अझ बालाजु भाटभटेनीदेखि स्वयम्भूसम्मको यात्रा गर्दा अव्यवस्थित रूपमा थुपारिएका भग्नावशेष र खिइँदै गएका पुराना गाडीले हाम्रो विकासको लक्ष्यलाई गिज्याइरहेको छ ।
_sxLFuoVL5f.jpg)
नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ मा सम्झौता गरि काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन ।
_euBMkZ1K9g.jpg)
नेपाल र चिनियाँ सरकारबिच भएको द्विपक्षीय सम्झौतामा नेपालले गर्नुपर्ने काम भइसकेपछि मात्रै चिनियाँ पक्षले निर्माण सुरु गर्ने उल्लेख छ । सम्झौतामा साइट क्लियरेन्स, ढल, विद्युत्को पोल सार्ने, तारको व्यवस्थापन लगायतका कार्य सम्पन्न गर्नुपर्ने दायित्व नेपाल पक्षको छ । साइट क्लिरेयन्सको काम सकिइसकेको नेपालले दाबी गर्दै आएको भए पनि यो सडक खण्डमा अझै पनि काम भई नसकेको प्रस्ट देख्न सकिन्छ ।
_n0kCz0poZb.jpg)
सम्झौता अनुसार कलङ्कीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डको दुई लेन सडकलाई ८ लेनमा विस्तार गरिनेछ । तर चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलङ्कीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमी खण्डको मात्रै काम गर्ने भएको हो तर केही पनि काम अघि नबढ्दा चक्रपथ विस्तार पनि बिस्तारै छेपारोको उखान बन्ने पथमा लम्किरहेको छ ।
_isc1ckTFbB.jpg)
_odc8cDjcBQ.jpg)
_btMFWFbYgk.jpg)
_QcjaRRaKOR.jpg)
_biRLto3JtP.jpg)
_9V1A6vqDNp.jpg)
_Bh9ojK4pxv.jpg)
_JEYASN2m4y.jpg)
_XhNoTqNsF1.jpg)
_Cli4T0AYbk.jpg)
_1rU9kmBzj0.jpg)
_jYDm451ilo.jpg)
_sQXefrtNP1.jpg)
_kwOSjS0Hzn.jpg)
_UEU1sgnQHV.jpg)
_H8QgxgwFAM.jpg)
_CmGxMOSWay.jpg)
_sCo0lX9udD.jpg)
_GzMtpDh9XJ.jpg)
_L1gZ2Nu8QI.jpg)
_OBRD9AhWIw.jpg)
_sQRL8kmAGu.jpg)
_FMfBT9IuOR.jpg)
_6xaKv7G7Em.jpg)
_eUsJOB5VbP.jpg)
_siVVcx1KT2.jpg)
_R43y5GlPZ7.jpg)
_C5A6RBM4JV.jpg)
प्रतिक्रिया