एनओसी अवार्ड २०२४ : एरिका र स्यान्टु उत्कृष्ट
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा कराँतेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् । आइतबार आयोजित विशेष कार्यक्रमबिच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए । उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा कराँतेका कुशल श्रेष्ठ र महिलामा कपर्दीकी पार्वती राई घोषित भए ।
कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै पार्वती त्यही हाङचाउ एसियाली खेलकुदमा महिला कपर्दीतर्फ कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् । यसैगरी पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्थधने पाइन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारालिम्पकमा पनि छनोट भएकी थिइन् ।
पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइँटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्ज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए । विजेता खेलाडी, प्रशिक्षक तथा सञ्चारकर्मीलाई अवार्डसहित जनही ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कपर्दी संघ, नेपाल कराँते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो । कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण