छारे रोग रोक्न बालकको खप्परमा उपकरण जडान
लन्डन । बेलायतमा छारे रोगले ग्रस्त एक बालकको खप्परमा उपकरण जडान गरिएको छ । ती बालकको नाम ओरान नोलसन हो । छारे रोगका कारण बारम्बार बेहोस भइरहन्थे ।
तर मस्तिष्कमा न्यूरोस्टिमुलेटर जडान भएपछि दिनको समयमा बालक छारे रोगले च्यापेर बेहोस हुने क्रम ८० प्रतिशतले घटेको बालकको आमाले बताएकी छिन् । लन्डनस्थित ग्रेट अर्मोन्ड स्ट्रिट हस्पिटलमा परीक्षण अन्तर्गत गएको अक्टोबरमा उपकरण जडान भएको थियो । अपरेसन गर्न झन्डै आठ घण्टा लागेको थियो ।
त्यतिबेला ओरान १२ वर्षका थिए । तीन वर्षको उमेरमा उनमा पहिलो पटक छारे रोग देखियो । औषधि उपचारले पनि कुनै असर गरेन । छारे रोगले च्याप्दै गएर उनी दिनमै २ दर्जन पटकदेखि सयौँ पटकसम्म बेहोस हुन थाले ।

यसकै कारण उनको सारा बाल्यकाल बरबाद भयो । सास फेर्नै बन्द भएर आकस्मिक औषधि चलाउनु पर्ने स्थिति त कयौँ पटक आउँथ्यो । ओरानमा अटिजम र एडीएचडीको समस्या पनि थियो । तर यो भन्दा ठुलो समस्या छारे रोग बनिदियो । समय बित्दै गर्दा बालकको अवस्था झन् झन् खस्किँदै गयो ।
छारे रोगमा मस्तिष्कको विद्युतीय गतिविधि असामान्य तरिकाले ‘ब्रष्ट’ भएपछि मानिस बेहोस हुन्छन् । यो उपकरणले नियमित रूपमा विद्युत् तरङ्ग उत्पन्न गरेर असामान्य सङ्केतहरूलाई रोक्ने वा अवरोध पुर्याउने कोसिस गर्छ ।
यसलाई वायरलेस हेडफोनमार्फत चार्ज गर्न सकिन्छ । न्यूरो सिमुलेटर अन गर्नु अघि ओरानलाई अपरेशनबाट निको र हुन एक महीनाको समय दिइएको थियो । छारे रोगको उपचारमा बिरामीको खप्परभित्र उपकरण जडान गरिएको यो पहिलो पटक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण