लागु औषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागु औषधको समस्या विकराल भएको बताएका छन् ।
बुधवार लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागु औषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताए ।
लामिछानेले लागु औषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए ।
उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको बताए ।
लामिछानेले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए ।
उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण