बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बिफ्रिङ गरेका छन् । आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपरान्ह बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।
बैठकपछि पत्रकारहरूसँग कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको बताए । ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ देउवाका भनाइ उद्धृत विश्वकर्माले भने ।
विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए। ‘अहिले ओलीजीसँग सुमधुर र सकारात्मक छ,’ देउवाको भनाइ थियो। बैठकमा भ्रातृ संस्था र समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण