प्राकृतिक प्रकोप
सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो
आइतबार, २३ असार २०८१, ०९ : ४०
विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिसकेण्ड ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।
सप्तकोसी ब्यारेजले प्रतिसेकेण्ड ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिसेकेण्ड ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।
पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण