संसद्को आकस्मिक समयमा सांसदहरूले गराए बाढी पहिरोको घटनाबारे ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आकस्मिक समयमा विभिन्न दलका सांसदहरूले बाढी–पहिरोका घटनाले पुर्याएको क्षतिको बारेमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले आफ्नो निर्वाचन क्षेत्र प्युठानमा ८ ठाउँमा पहिरोले बाटो अवरुद्ध गरेको जानकारी गराए । अवरुद्ध भएको सडक खुलाउनका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराए ।
यस्तै अर्का सांसद सूर्यप्रसाद ढकालले बाँकेमा राप्ती, मानखोला, रोहिणी खोला र खहरे खोलाहरूमा आएको बाढीका कारण धेरै ठाउँहरूमा कटान गरेको र डुबानमा परेकोले त्यहाँ छिटो भन्दा छिटो राहत र उद्धारको व्यवस्था गर्न आग्रह गरे ।
उनले सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे । सांसद राजु थापाले अविरल वर्षाका कारण स्याङ्जाको बिरुवा गाउँपालिकामा माधव शर्मा मरासिनी लगायत ४ जनाको पहिरोको कारण निधन भएको जानकारी गराए । अर्जुन चौपारीमा ५० घर पहिरोको जोखिममा रहेको उल्लेख गरे ।
सांसद शंकर भण्डारीले केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीको काउरे भन्ने ठाउँमा घर पहिरोले पुरिएको र उद्धारमा खटिएका ३ जनापनि पुरिएको बताए । तनहुँमा पहिरोले ४ जनाको निधन भएको र एक दर्जन बढी पहिरोबाट घाइते भएको जानकारी गराउँदै वर्षा निरन्तर जारी रहेकोले अरु जोखिमको अवस्था आउने भएकोले ७७ वटै जिल्लामा सरकारले राहत उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह गरे ।
सांसद नारायण आचार्यले पाल्पाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुर्याएको बताए । पाल्पाका ग्रामीण क्षेत्रमा बाटो तथा विद्युत् आपूर्तिमा समस्या रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण