नानुमैयाको ‘खुला आकाशमुनि’ विमोचन
विराटनगर । नानुमैया दाहालको पहिलो मुक्तक सङ्ग्रह ‘खुला आकाशमुनि’ विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा शनिवार विराटनगरमा आयोजित एक कार्यक्रममा मुक्तक संग्रह विमोचन भएको हो ।
विमोचन भएको मुक्तक संग्रहमा १५२ वटा मुक्तक समावेश छन् । खुला आकाशमुनिसम्म आइपुग्दा स्थापनाको छोटो समयमै मुक्तक प्रतिष्ठानले ११ वटा मुक्तक सङ्ग्रह प्रकाशित गरिसकेको संस्थाका सचिव मदन भण्डारीले जानकारी दिए ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव प्राज्ञ डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, वरिष्ठ मुक्तककार, गीतकार तथा कलाकार रमेश पौडेल, अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृति माथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए। उनले मुक्तकसङ्ग्रहमा लेखकले हरेक विषयवस्तु गहन ढङ्गले उठाएको बताए। सङ्ग्रह भित्रबाट साहित्यकार तिला लेकाली, विनोद विवश, रोहिणि रसिक, मन्जुश्री गिरि, मन्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, प्रिन्स प्रमोद ढकाल, मदन भण्डारी लगायतले मुक्तकका हरफहरू वाचन गरेका थिए। कार्यक्रममा बोल्दै डा. धनप्रसाद सुवेदीले विमोचित सङ्ग्रहले नेपाली मुक्तक विधामा नारी स्रष्टाको बाक्लो उपस्थिति रहेको पुष्टि गर्नुका साथै मुक्तकको श्रीवृद्धिमा इँटा थपिएको बताए।
प्राज्ञ विवश पोखरेलले नानुको खुला आकाशमुनि पहिलो सङ्ग्रह भए पनि लेखन कलाको हिसाबले लेखक आफैंमा शक्तिशाली रहेको बताए। त्यस्तै प्राज्ञ गंगा सुवेदीले कृतिकारलाई बधाई ज्ञापन गर्दै लेखनमा निरन्तरता दिनु पर्ने बताइन् । मुक्तककार रमेश पौडेलले कृतिको प्रशंसा गर्दै अबको धेरै वर्ष पछि पनि उक्त कृति पाठकले खोजी खोजी पढ्ने र मुक्तक विश्वव्यापी बनेकोमा हर्षित भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत ः आङ्देम्बे
-
पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
-
जग्गा खरिद गर्न काठमाडौँ आएका धनबहादुर ‘प्रहरी हौ’ भन्दै आएकाहरूबाट लुटिए
-
कान्ति लोकपथको २ स्थानमा पहिरो, सवारी आवागमन ठप्प
-
‘संसद्को एक मिनेट समय पनि जनताका मुद्दामा खर्चौँ, गुणस्तर र मर्यादामा आँच आउन नदिऔँ’
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण