‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिए ।
प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण