बिहीबार, २७ भदौ २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

शनिबार, २९ असार २०८१, १४ : ४१
शनिबार, २९ असार २०८१

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास मत लिने भन्ने विषयमा अझै एक, दुई दिन पर्खेर हेर्ने रणनीति लिएको मुख्यमन्त्री महराले बताए । 

उनले रातापाटीसँग भने, ‘केन्द्रको सिरानी अझै एक दुई दिन हेर्छु, त्यसपछि दुई विकल्प मध्ये एउटा निर्णयमा पुग्छु ।’ लुम्बिनी प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।  केन्द्रमा फेरिएको दलीय समीकरण अनुसार लुम्बिनी प्रदेशमा माओवादी सरकारले विश्वासको मत पाउने देखिँदैन ।

महरा ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।  महरालाई साथ दिएका एमालेका २७ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिएका छन् । लुम्बिनीमा जम्मा ८७ सिट रहेको छ । बहुमत पुर्याउनका लागि ४४ सिट चाहिन्छ।  केन्द्रमा भएको दलीय समीकरण अनुसार कांग्रेस र एमालेको ५६ सिट रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप