नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गरेका छन् । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सिंहले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताएका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए । उनले भने, ‘२००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरू सबै जेल गएको कुरा तपाईं हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरू छन् । ती अधिकारहरू प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरूले धेरै ठुलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्न सक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।’
उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण