रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा
बुटवल । लेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लङ्घन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित रुपन्देहीमा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानमा ३१ हजार १९५ जना चालकलाई सचेतना शिक्षा प्रदान गरिएको छ ।
यसबाट साना–ठुला गरी सबै किसिमका सवारीलाई लेन अनुशासनसम्बन्धी सचेतना शिक्षा दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, रुपन्देही, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको थियो । यो अवधिमा दुई , दुई घण्टा दैनिक विभिन्न ठाउँमा कार्यक्रम गरिएको हो ।
असार २६ गते गृह सचिव एकनारायण अर्यालले सीमा नाका बेलहियामा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टिकर सवारीमा टाँसेर अभियानको सुरुवात गरेका थिए । एक हप्तासम्म मुख्य सहरी इलाका, राजमार्ग, हुलाकी सडक लगायतका ठाउँमा ट्राफिकले लेन अनुशासनसम्बन्धी सचेतना शिक्षा चलाएको थियो । ट्राफिकसँगै भैरहवा क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाले अभियानमा स्वयंसेवीका रूपमा सडकमा खटेर सहयोग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान निकै प्रभावकारी भएको बताउँदै ट्राफिकले मात्रै होइन, यातायात व्यवसायी, अन्य व्यापारिक सङ्घसंस्था, विद्यालय, सामाजिक संस्थाले यस्ता अभियान सञ्चालन गरिरहनु पर्ने बताए । उनले लेन अनुशासन उल्लङ्घन गर्दा हुने दुर्घटनालाई वृद्धि हुँदा अनाहकमा नागरिकको मृत्यु भएको बताए।प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले उनले अभियानका क्रममा लेन अनुशासन पालना नगर्नेलाई सम्झाई बुझाई गरेको तर अब भने सचेतनासँगै कारबाही पनि गरिने जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण