बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्यो एडभाइजरी
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । हालै मात्र त्यहाँ हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भयो ।
बङ्गलादेशमा जारी विरोध प्रदर्शनलाई दृष्टिगत गरेर ढाकास्थित भारतीय उच्चायोगले त्यहाँ बस्ने भारतीयहरूका लागि एडभाइजरी जारी गरेको छ । एडभाइजरीमा भारतीयहरूलाई यात्रा नगर्न र आफू बस्ने गरेको भवनको परिसरबाट सकेसम्म कम बाहिर निस्कन सल्लाह दिइएको छ ।
आपतकालीन स्थिति उत्पन्न भयो भने उच्चायोग र सहायक उच्चायोगसँग सम्पर्क गर्न सल्लाह पनि दिइएको छ । उच्चायोगले यस सम्बन्धमा आपत्कालीन नम्बरहरू समेत जारी गरेको छ ।
विगत केही दिनदेखि बङ्गलादेशमा विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको चर्को विरोध प्रदर्शन गरिरहेका छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई बङ्गलादेशमा ‘युद्ध नायक’ भन्ने गरिएको छ । देशको एक तिहाइ सरकारी जागिरमा यी युद्ध नायकका सन्तानका लागि आरक्षणको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण