उपप्रधानमन्त्री सिंहले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएकोबारे आलोचना
काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनवटा सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ लिएको’ बारेमा आलोचना भएको छ । बुधबार आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बुधबार मन्त्रालयमा पुगेका थिए ।
सुरक्षा प्रमुखहरू बाहिरिएपछि मन्त्रीको फेसबुक पेजमा यस्तो सन्देश पोस्ट भयो–‘सिंहदरबार स्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।’
गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय र प्रधानमन्त्री कार्यालय मातहत परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग ‘ब्रिफिङ’ लिएको भनेर सहरी विकासमन्त्रीले ‘स्टन्ट’ गरेको भन्दै आलोचना भएको हो ।
सिंहदरबार गएका एक जना सुरक्षा प्रमुखले भने आफूहरूले बधाई दिएर फर्किएको दाबी गरे । तर, मन्त्रीको सचिवालयले सुरक्षा ब्रिफिङ लिएको भनेर पोस्ट गर्दा आलोचना भएको ती सुरक्षा प्रमुखको भनाइ छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘उपप्रधानमन्त्री सिंहको सुरक्षा निकाय चलाउने रहर’ भनेर आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण