आर्थिक वर्ष २०८०/०८१ मा अधिकांश नेपाली चलचित्रले पाए ‘यु’ सर्टिफिकेट, विदेशीमा ‘पीजी’ धेरै
काठमाडौंँ । नेपालमा प्रदर्शन हुने धेरैजसो चलचित्र स्कुल उमेरका बालबालिकाले अभिभावकको साथविना हेर्न नमिल्ने खालका हुन्छन् ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०औ०८१ मा सेन्सर भएका चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ सर्टिफिकेट पाएका छन् । यस्ता चलचित्र १६ वर्ष मुनि उमेर भएकाले अभिभावकको निगरानीमा मात्र हेर्न मिल्छ ।
बोर्डको तथ्याङ्क अनुसार नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयभन्दा बढी चलचित्र रिलिज हुँदा ५० प्रतिशतभन्दा बढीले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् ।
चलचित्र प्रदर्शन अगाडि नेपालमा सेन्सर बोर्डले हेर्ने प्रावधान छ । सेन्सर बोर्डले चलचित्र हेरेर त्यसमा भएका विषयवस्तु, संवाद, दृश्य आदिका आधारमा तीन भागमा वर्गीकरण गर्दछ र सोही अनुसार सर्टिफिकेट दिन्छ ।
सामान्य चलचित्रलाई ‘यु’ (युनिभर्सल), हिंसात्मक चलचित्रलाई ‘पीजी’ (प्यारेन्ट्स गाइड) र अश्लीलता भएका चलचित्रलाई ‘ए’ (एडल्ट) वर्गको सर्टिफिकेट दिने प्रचलन छ । ‘यु’ (युनिभर्सल) चलचित्र सबैले हेर्न मिल्ने खालको हो । ‘पीजी’ (प्यारेन्ट्स गाइड) चलचित्र १६ वर्ष मुनिका बच्चाले अभिभावकको निगरानीमा हेर्नुपर्ने हुन्छ । ‘ए’ (एडल्ट) भन्नाले १८ वर्ष माथिकाले मात्र हेर्न मिल्ने चलचित्र हो ।
आर्थिक वर्ष २०८०/०८१ मा १६४ वटा चलचित्र सेन्सर भएकोमा नेपाली ८१, हिन्दी ४६, अंग्रेजी ३५ र अन्य २ छन् । तीमध्ये ८२ वटा चलचित्रले ‘पीजी’ सर्टिफिकेट पाएका हुन् । तथ्याङ्क अनुसार ६२ चलचित्रले ‘यु’ (युनिभर्सल) र २० चलचित्रले ‘ए’ (एडल्ट) सर्टिफिकेट पाएका छन् ।
नेपाली चलचित्रमा धेरैजसोलाई ‘यु’ सर्टिफिकेट
आर्थिक वर्ष २०८०-८१ को सेन्सर तथ्याङ्क अनुसार प्रदर्शनमा आउने फिल्ममध्ये धेरै युनिभर्सल ‘यु’ छन् । त्यसपछिको धेरै ‘पीजी’ (प्यारेन्ट्स गाइड) र थोरैले ‘ए’ एडल्ट सर्टिफिकेट पाएका छन् ।
समीक्षा अवधिमा कुल ८१ नेपाली चलचित्र सेन्सर भएकोमा ५२ वटाले ‘यु’ (युनिभर्सल) सर्टिफिकेट पाएका छन् । तथ्याङ्कअनुसार २६ वटा नेपाली चलचित्रले ‘पीजी’ (प्यारेन्ट्स गाइड)को सर्टिफिकेट पाएका छन् । तीन वटा चलचित्रले ‘ए’ अर्थात् ‘एडल्ट’ वर्गको सर्टिफिकेट पाएका छन् ।
हिन्दीमा कुन बढी ?
आर्थिक वर्ष २०८०-०८१ मा नेपालमा सेन्सर भएका हिल्दी चलचित्रमा सबैले हेर्न मिल्ने ‘यु’ (युनिभर्सल) कम संख्यामा छन् । तथ्याङ्कले नेपाल भित्रिएर सेन्सर भएका हिन्दी चलचित्रमध्ये धेरैजसोले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । यो वर्ष ४६ हिन्दी चलचित्रले सेन्सर बोर्डबाट प्रमाणपत्र लिएकोमा ३५ वटाले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् ।
यस्तै ‘यु’ अर्थात् युनिभर्सल वर्गको सर्टिफिकेट पाउने हिन्दी चलचित्रको सङ्ख्या ९ छ । चार वटा हिन्दी चलचित्रले समीक्षा अवधिमा ‘ए’ अर्थात् एडल्ट सर्टिफिकेट पाएका छन् ।
अंग्रेजी चलचित्रमा पनि ‘पीजी’ धेरै
नेपालमा प्रदर्शन हुने अंग्रेजी चलचित्रमा पनि अधिकांशले ‘पीजी’ (प्यारेन्ट्स गाइड) सर्टिफिकेट पाएका छन् । समीक्षा अवधिमा कुल ३५ अंग्रेजी चलचित्र सेन्सर भएकोमा २० वटाले ‘पीजी’ सर्टिफिकेट पाएका छन् ।
यस्तै १० चलचित्रले ‘ए’ सर्टिफिकेट पाउँदा ५ चलचित्रले ‘यु’ सर्टिफिकेट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी विवाद समाधानतर्फ
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
ट्रम्पले छोरीको ससुरालाई बनाए पश्चिम मामिलाका सल्लाहकार
-
तस्बिरमा राइनोज र गुर्खाजको भिडन्त
-
प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
-
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त