प्रचण्डको चकचकका कारण अहिलेको परिस्थिति आयो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसको बीचमा सरकार बन्ने परिस्थिति सिर्जना भएको बताएका छन् । शनिवार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै थापाले कांग्रेसले २०८४ साल सम्म प्रतिपक्षमा बस्न चाहे पनि फरक परिस्थितिका कारण सरकारमा पुगेको उल्लेख गरे ।
उनले भने– ‘कांग्रेसले २०८४ सालसम्म प्रतिपक्षमा बस्ने, उनीहरू नै एमाले सरकार चलाउन, कांग्रेसले देशभर सङ्गठित गर्ने, पार्टीलाई यस्तो अवस्था बनाऔँ कि कोहीसँग नटाँसिई वा अरु टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्ने पार्टीको वैचारिक सांगठनिक संरचना निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोचाई थियो । अहिले यस्तो परिस्थिति बन्यो भोलि त्यसको पटाक्षेप हुँदै जाला ।’
उनले अहिलेको पछिल्लो समयमा म सँधैभरी सबैलाई झुक्क्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपालेको अहिलेका सरकारहरू नबदलिने बताए । माओवादी अध्यक्ष प्रचण्डको चकचकका कारण अहिलेको परिस्थिति आएको, यो परिस्थितिमा कांग्रेस र एमालेमा एउटा साझेदारी भएको बताए । अब यो किन भयो, हामी के चाहन्थौँ भन्ने बारेको चरणपनि अब सकिएको, एमाले–काङ्ग्रेसबिच समझदारी भएर सरकारमा रहेको र अब यसको पुष्टि एक्सनबाट हुनुपर्ने बताए ।
उनले २०५१ सालमा मध्यावधि भएपछि एमाले ठुलो शक्तिको रूपमा आएको तर कांग्रेसले सुरु गरेको उदारीकरणको नीतिलाई अगाडि बढाउन नसकेको पनि थापाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण