बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता
बैतडी । गत आर्थिक वर्ष २०८०/८१ मा बैतडीका सरकारी कार्यालयको रु ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।
सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट रु ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए ।
सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ रु पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये रु पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।
यस्तै, पुँजीगततर्फ रु ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये रु ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरूमा कूल बजेट रु छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा रु छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ । यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरूबाट खर्च हुन नसकेर रु ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए ।
यस्तै, प्रदेशका कार्यालयहरूमा चालुतर्फ रु ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा रु ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा रु एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशका कार्यालयहरूमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा रु दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ । प्रदेशका कार्यालयबाट रु ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण