मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
सोमबार, ०७ साउन २०८१, १२ : ०५

दाङ । लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा लु.९५ प ८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने चन्द्र प्रसाद चौधरीकी छोरी १० वर्षीया स्वस्तिका चौधरीको आइतबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै मेडिकल कलेज भैरहवा रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
-
लेभरकुसेनका मिडफिल्डर विर्ट्जलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छा, तोडिन सक्छ ब्रिटिस रेकर्ड
-
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
-
अर्को मोहम्मद रफी कहिल्यै आउने छैनन्
-
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
-
रास्वपामा नयाँ संसदीय दलकाे नेता बनाउन यज्ञमणिको सुझाव (१० सुझाव सूची)*