सुरक्षा सुनिश्चितता भएमात्र इजरायलमा ‘केयर गिभर’ पठाउनुपर्छ : कुँवर
मङ्गलबार, ०८ साउन २०८१, १४ : ०७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सुरक्षा सुनिश्चितता गरेरमात्र इजरायलमा दुई हजार केयर गिभर पठाउनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सरकारले इजरायलमा २ हजार केयर गिभर पठाउने कुरा गरेको विषयमा समाचारमा आएको भन्दै इजरायल राम्रो श्रम गन्तव्य मुलुक भएपनि अहिले उक्त मुलुक युद्धग्रस्त छ भन्ने कुरा थाहा हुनुपर्ने बताए ।
‘यस्तो अवस्थामा हाम्रा श्रमिकहरूको सुरक्षाको सुनिश्चितता हुन्छ कि हुँदैन ? त्यो हेरेरमात्र इजरायलमा नेपाली कामदार पठाउने निर्णय गरिनुपर्छ’, उनले भने, ‘केही समयदेखि हराइरहेका विपिन जोशीको अवस्था अज्ञात रहेकाले सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउन चाहन्छु ।’
यद्यपि उनले सिद्धान्त र आदर्शका जतिसुकै ठुला कुरा गरेपनि वैदेशिक रोजगारीमा जानु नेपालीका लागि बाध्यता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण