साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै
काठमाडौँ । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त भएको छ ।
धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।
सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीको भनाइ छ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक सम्झौता समेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण