दुर्घटनाको असर
विमान दुर्घटनाका कारण विमानस्थल बन्द, अन्तर्राष्ट्रिय उडानका विमान होल्ड र डाइभर्ट
बुधबार, ०९ साउन २०८१, १२ : १२
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ ।
सोही अनुसार ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ ।
यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो ।
यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण