विमान दुर्घटनामा मृत्यु भएकाको शव शिक्षण अस्पतालमा, क्याप्टेनको केएमसीमा उपचार जारी
काठमाडौँ । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनास्थलबाट सङ्कलन गरिएका शव पोस्टमार्टमका लागी शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
पोखरा उडेको विमान सौर्य एयरको ह्याङ्गर पछाडिको खाली भागमा खसेको एसएसपी मैनालीले बताए । विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।
सुरक्षाकर्मीहरू र अग्नि नियन्त्रकहरुले मध्यान्ह ११ बजेर ४० मिनेटमा विमानमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।
विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण