मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार, ०९ साउन २०८१, १५ : ५६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय लिने बुझिएको छ ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ ।
सौर्य एयरलाइन्सको जहाज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे छाड्नेवित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मनिषरत्न शाक्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण