यातायात व्यवसायीले भौतिक सचिवलाई बुझाए ज्ञापनपत्र
पोखरा । राइड सेयरिङविरुद्ध सडकमा ओर्लिएका गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ७ बुँदे मागसहित ज्ञापतपत्र बुझाएका हुन् ।
मन्त्री राजीव गुरुङलाई बुझाउने कार्यक्रम भएपनि मन्त्री कार्यालयमा नभएपछि सचिव शंकर पण्डितलाई बुझाएर फर्किएका हुन् ।
उनीहरूले मन्त्रालय नजिकै बस र ट्याकसी सडकमा तेर्स्याएर प्रदर्शन गरिरहेका छन् । वैज्ञानिक भाडादर लागू गर्न र निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग गरेका छन् । गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि निर्माण गर्न लागिएको भन्दै आन्दोलन गरेका हुन् ।
आफ्ना माग सम्बोधन नभए साउन १३ देखि सबै गाडी घर र ग्यारेजमा थन्क्याएर प्रदर्शनमा उत्रिने यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण