यातायात व्यवसायीले भौतिक सचिवलाई बुझाए ज्ञापनपत्र

पोखरा । राइड सेयरिङविरुद्ध सडकमा ओर्लिएका गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ७ बुँदे मागसहित ज्ञापतपत्र बुझाएका हुन् ।
मन्त्री राजीव गुरुङलाई बुझाउने कार्यक्रम भएपनि मन्त्री कार्यालयमा नभएपछि सचिव शंकर पण्डितलाई बुझाएर फर्किएका हुन् ।
उनीहरूले मन्त्रालय नजिकै बस र ट्याकसी सडकमा तेर्स्याएर प्रदर्शन गरिरहेका छन् । वैज्ञानिक भाडादर लागू गर्न र निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग गरेका छन् । गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि निर्माण गर्न लागिएको भन्दै आन्दोलन गरेका हुन् ।
आफ्ना माग सम्बोधन नभए साउन १३ देखि सबै गाडी घर र ग्यारेजमा थन्क्याएर प्रदर्शनमा उत्रिने यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण