प्रधानमन्त्री ओली र डा. सन्दुकबिच भेटघाट
बिहीबार, १० साउन २०८१, २२ : ३२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतबिच भेटघाट भएको छ । बिहीबार भएको भेटमा उनीहरुबिच आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे छलफल भएको हो ।
प्रसिद्ध रमन म्यागासासे पुरस्कारप्राप्त डा.रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा.सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो ।
आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण