शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल इकोसकमा निर्वाचित

शुक्रबार, ११ साउन २०८१, २० : २६
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । सन् २०२५ को सत्रका लागि संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ब्युरोमा नेपाल निर्वाचित भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउले सो कुराको जानकारी गराउँदै  नेपालका लागि यो गौरवको क्षण भएक बताएकी छिन् । परिषद्को उपाध्यक्षको रूपमा अमेरिकाका राजदूत लोकबहादुर थापाले काम गर्ने छन् ।

परराष्ट्रमन्त्री देउवाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वासमा धन्यवाद दिएकी हुन् ।

नेपालले दिगो विकासका लक्ष्य हासिल गर्नलाई अगाडि बढाउन विश्वव्यापी मञ्चमा प्रभावकारी योगदान पुर्‍याउने लक्ष्य राखेको मन्त्री देउवाले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप