नेपाल साहित्यको उर्वर भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पत्ति भएको बताए । उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए । युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताए ।
उनले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ । यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ । त्यो प्रतिभा हो । यसरी साहित्यको विकास हुँदै आयो । त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो ।’
प्रधानमन्त्री ओलीले नेपालमा सिद्धिचरण श्रेष्ठ जस्ता युगान्कारी कविहरुदेखि लिएर थुप्रै स्रष्टाहरु जन्मिएका बताउँदै भने, ‘यहाँ सिद्धिचरण श्रेष्ठ जस्ता युगान्कारी कविहरुदेखि लिएर अरु निवन्धकार, उपन्यासकार, महाकाव्यकारहरु थुप्रै, हास्यव्यंग्यकारहरु त्यस्ता साहित्यकारहरु नेपाली भूमिमा रहे । अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ ।’
प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजेपनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण