सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा असीमित रुपमा बाघको संरक्षण गर्न सकिँदैन : प्रधानमन्त्री ओली

सोमबार, १४ साउन २०८१, १९ : ३२
सोमबार, १४ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रुपमा बाघको संरक्षण गर्न नसकिने बताएका छन् । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपालको जंगल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पारे । उनले सरकारले अन्तर्राष्ट्रिय फोरममा २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राखे । उनले नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने बताए । 

प्रधानमन्त्री ओलीले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जंगल ठुलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताए । उनले बाघको संरक्षणको लागि वन्यजन्तु र मानिसबिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताए । उनले बाघको अनुकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असिमित हुन नहुने बताए । उनले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले भारतसँग प्राप्त स्थान र जंगल भएकाले नेपालले भन्दा ३० गुणाभन्दा बढी बाघ पाल्नसक्ने बताए । उनले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जंगल नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप